राप्रपा हल्दीबारीको अध्यक्षमा समाजसेवी कुमार « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

राप्रपा हल्दीबारीको अध्यक्षमा समाजसेवी कुमार


यलम्वर टाइम्स
१६ माघ २०७३, आईतवार ०९:२३

photo copyहल्दीबारी / राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दीबारीको एकताको पहिलो गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्थानीय समाजसेवी कुमार राईलाई आगामी ३ वर्षका लागि सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

अधिवेशनले सदस्यहरुमा गणेशप्रसाद आचार्य, चुडाप्रसाद आचार्य, कृष्ण राजवंशी, दिनेशसिंह राजवंशी, लीलाबहादुर बस्नेत, कजित राजवंशी, सीता श्रेष्ठ, दिपेन्द्र सुब्बा, दिलकुमार राई, सारदा कन्दङ्वा, प्रकाश फागो, यज्ञ निरौला, गंगाप्रसाद उप्रेति, लक्ष्मी खनाल, रत्नकुमार राई, गोपाल राजवंशी, कुमार भण्डारी, गणेश हाङस्रोम्बा, भवानी ढकाल र इश्वरीप्रसाद दाहाल चुनिएका छन् ।

जिल्ला नेता दिलकेशर थापाले उद्घाटन गरेको अधिवेशनमा प्रमुख अतिथि समेत रहेका थापाले एकताको अधिवेशनले पार्टीलाई उचाईमा पु¥याएको बताउँदै आउने समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी देशको पहिलो पार्टी हुने बताए । उनले गाउँ–गाउँबाट पार्टीमा प्रवेशको लहर फैलिएको छ । यो लहरलाई कायम राख्न हाम्रो पार्टी सदैव तयार रहेको जोड दिए ।

समाजसेवी कुमार राईको सभापतित्वमा भएको कार्यक्रममा सारदा कन्दङ्वा, लीला बस्नेत, चुडा आचार्य, रविन्द्र लिङ्देन लगायतले अधिवेशनमा चुनिएकाहरुलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भने इश्वरी दाहालले गरेको बताएका छन् ।