कृषकको स्तरोन्नति र विचौलियको अन्त्यका लागि नगर विकास बहुउद्देश्यीय सक्रिय हुनुपर्ने नगर प्रमुख गोम्देनको भनाई « Yalambar Times
१ बैशाख २०८१, शनिबार

कृषकको स्तरोन्नति र विचौलियको अन्त्यका लागि नगर विकास बहुउद्देश्यीय सक्रिय हुनुपर्ने नगर प्रमुख गोम्देनको भनाई


यलम्वर टाइम्स
२३ पुष २०७९, शनिबार ०९:१०

अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देनले नगरका कृषकहरुको स्तरोन्नति बढाउन र विचौलियाबाट ठगिने कार्यको अन्त्य गर्न अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थालाई अनुरोध गरेको छन् ।

शनिबार अर्जुनधारा–७ स्थित संस्थाको प्रथम साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि गोम्देनले विचौलियबाट कृषकहरु मात्र मारमा परेका छैनन्, उपभोक्ताहरु पनि उत्तिकै ठगिएका छन्, यसको अन्त्य नभएसम्म न त कृषकहरु उस्किन सक्छन् न त उपभोक्ताहरु त्यसैले त्यसतर्फ ध्यान दिन अनुरोध गरे ।

बहुउद्देश्यीय सहकारी संस्थाले नगरका कृषकहरुका लागि व्यवसायीक खेति प्रविधिमैत्री बनाउनमा नगरले पनि सहयोग गर्ने भएको हुँदा इमान्दारिता पूर्वक लाग्न अनुरोध गर्दै वार्षिक साधारणसभाको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, माओवादीका नारद दुःखी, वडाहरुबाट वडा नं. ७ का गोविन्द खतिवडा, एमालेबाट एकदेव खनाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई लगायतले प्रथम वार्षिक साधारणसभाको कार्यक्रमप्रति सकारात्मक सुझाव राख्दै किसानको हितमा अगाडि बढ्न शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष प्रत्युष आजाद रानाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित शेयर सदस्यहरुलाई स्वागत सदस्य देवकला प्रसाईले गरेकी थिइन् ।

उद्घाटन समयमै अध्यक्ष रानाले संस्थाको प्रतिवेदन वाचन गर्दै काम, कर्तव्य र अधिकारका विषयमा प्रस्ट्याएका थिए ।

उनले संस्थाका चुनौति र अवसरको विषयमा मसिनो रुपमा प्रतिवेदन पेश गरेका थिए ।

सुरुमा ५१५ जना शेयर सदस्य रहेतापनि यसको विकास र कार्य क्षमतालाई मूल्याङ्कन गर्दै ८६२ जना शेयर सदस्य पुगेको बताउँदै सम्भावनाका प्रशस्तै माध्यम भए पनि पूँजीको अभावका कारण भने जस्तो नतिजा ल्याउन नसकेको नगर प्रमुख समक्ष भनाइ रहेका थिए ।

अर्जुनधारा कृषि क्षेत्रको उर्भर भूमिसँगै जलाशय भएको पनि नगर हो । संस्थागत ढंगबाट कृषिमा लगानी गर्न सके कृषकहरुको स्तरोन्नतिसँगै कृषिमा औद्योगिककरणको विकास हुने बताए ।

उपाध्यक्ष छत्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन, अडिट रिपोर्ट समेत वाचन गरिएको थियो ।

उद्घाटन सत्रमा नगर क्षेत्रका सहकारीका अध्यक्षहरुको उपस्थिति थियो भने कार्यक्रममा पशु सेवा शाखाका प्रमुख पदमलाल राई, योजना शाखा प्रमुख हेमराज सेढाईं, वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्नाम, वडा नं. ३ का अध्यक्ष सीताराम भट्टराई, वडा नं. ६ का अध्यक्ष हरिचन्द्र बास्तोला, गौरीमाया चिमरिया, बिमला रोक्का, चन्द्रकुमारी तामाङ, अर्जुन मेचे, यान्त्रिक समिति सदस्य सर्मिला सुब्बा, टेकबहादुर पोखरेल लगायतको आतिथ्य रहेको समितिका सदस्य टुम्मनाथ काफ्लेले बताए ।