व्यापारीको समस्यामा वाणिज्य संघ उभिने « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

व्यापारीको समस्यामा वाणिज्य संघ उभिने


यलम्वर टाइम्स
२५ पुष २०७९, सोमबार १०:५८

अर्जुनधारा । अर्जुनधारा उद्योग वाणिज्य संघको प्रथम बैठकले संस्थालाई सक्रिय बनाउँदै व्यापारिक हितका लागि काम गर्ने भएका छन् ।

वाणिज्य संघको सम्पर्क कार्यालय जेसीज भवनमा भएको बैठकले निर्वाचित गराउन अहम् भूमिका खेल्ने नगरका सबै राजनीतिक दललाई धन्यवाद दिँदै शनिअर्जुनबाट अर्जुनधारा नामाकरण गर्नका लागि आवश्यक कगज तयार पार्दै व्यापार हितका लागि काम गर्ने भएको बताइएको छ ।

नवनिर्वाचित अध्यक्ष इन्दिवर खड्काको सभापतित्वमा भएको बैठकले अर्जुनधारा उद्योग वाणिज्य संघलाई मजबुद बनाउन अर्जुनधारा अन्तर्गत खुदुनाबारी, लक्ष्मीपुर, मंगलबारे, नयाँ बसपार्क र वडा–वडामा रहेका अग्रज व्यापारीहरुलाई समेत समेटेर अगाडि बढाउने भएका छन् ।

बैठकले प्रत्येक महिनाको पहिलो सोमबार बैठक बोलाउने र दल तथा बौद्धिक व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेर अगाडि बढ्ने, नवनिर्वाचित पदाधिकारीलाई वाणिज्य संघको विषयमा प्रशिक्षण दिलाउने जस्ता कार्यमा छलफल भएको कोषाध्यक्ष प्रल्हाद ढुंगनाले बताए ।