नोबेलद्वारा अर्जुनधारा वडा नं. १० मा दुई दिने स्वास्थ्य शिविर « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

नोबेलद्वारा अर्जुनधारा वडा नं. १० मा दुई दिने स्वास्थ्य शिविर


यलम्वर टाइम्स
५ माघ २०७९, बिहीबार ११:२१

कालिस्थान । नोबेल अस्पतालका डाक्टरका समूहले अर्जुनधारा वडा नं. १० मा २ दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

डा. कुमोदकुमार झाको नेतृत्वमा आएको समूहले कालिस्थान स्थित वडा नं. १० को कार्यालयमा शिविर सम्पन्न गरेको हो ।

शिविरमा नाक, कान, घाँटी, मुटु, पेट, छाला र महिलाको पाठेघर सम्बन्धि परीक्षण गरिएको थियो भने ईसीजी र भिडियो एक्स–रे सेवा पनि प्रदान गरिएको थियो ।

नोबेल अस्पतालले ग्रामिण क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यले झापाको अर्जुनधारा १० स्थित शिविर सञ्चालन गरिएको डा. झाले बताए ।

२ दिनसम्म चलेको शिविरमा ८ सय बढीले सेवा लिएका थिए भने अधिकांश वृद्धवृद्धा र महिलाहरुको उपस्थिति रहेको वडा नं. १० का अध्यक्ष भूपेन्द्र न्यौपानेले यलम्वर टाइम्सलाई बताए ।

शिविर ३ र ४ गते भएको थियो । कार्यक्रमको उद्घाटन उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् भने समापनमा कार्यकारी प्रमुख गीताकुमार राईले शिविरमा सहभागि डाक्टरहरुलाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद दिएकी थिइन् ।

समापनमा कार्यकारी प्रमुख राईले यस्ता खाले प्रभावकारी शिविर अन्य वडामा पनि आवश्यक भएको हुँदा नोबेल अस्पताललाई अनुरोध गरेकी थिइन् ।

समापन कार्यक्रमको सञ्चालन वडा सचिव तिलबिक्रम पोखरेलले गरेका थिए ।