अर्जुनधाराले सभामुख र उपसभामुख पाउने पक्का « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधाराले सभामुख र उपसभामुख पाउने पक्का


यलम्वर टाइम्स
७ माघ २०७९, शनिबार ०२:४१

झापा । झापा क्षेत्र नं. २ का माननीय देवराज घिमिरे सभामुख पदमा निर्वाचित भए लगत्तै उपसभामुख पनि क्षेत्र नं. २ ले नै पाउने पक्का भएको छ ।

राजनीतिक सहमति अनुसार उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन् । शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन् ।

उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ । उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

सचिवालयले शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।