पूजा भन्छिन्, खुशीको सीमा छैन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पूजा भन्छिन्, खुशीको सीमा छैन


यलम्वर टाइम्स
७ माघ २०७९, शनिबार ०२:५७

झापा । नाबालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको सफाइको खबरले आफ्नो खुसीको सीमा नरहेको अभिनेत्री पूजा शर्माले बताएकी छन् ।

बलात्कारको आरोपमा पक्राउ परेपछि पल निर्दोष भएको भन्दै विभिन्न अभियान समेत सञ्चालन गरेकी पूजाले पलको सफाइमा एकदमै खुसी देखिएकी छन् ।

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बालयौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।