सभामुख देवराजलाई बधाई « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सभामुख देवराजलाई बधाई


यलम्वर टाइम्स
७ माघ २०७९, शनिबार ०३:०३

प्रतिनिधि सभा २०७९ को निर्वाचनबाट निर्वाचित देवराज घिमिरे सभामुख जस्तो उच्चस्तरीय गरिमामय पदमा विजयी भएकाले झापा क्षेत्र नं. २ का जनता बधाई दिन चाहन्छन् । यद्यपी समूहगतबाट क्षेत्र नं. २ ले आयोजना गरेर बधाई दिएको त होइन प्रतिनिधि पात्रको रुपमा यलम्वर टाइम्स यसै क्षेत्रमा रहेर सञ्चालन भएको हुँदा उनलाई बधाई दिइएको हो ।

बधाईका पात्र बनेका सभामुख देवराज घिमिरेले अब आफ्नो क्षेत्र अन्तर्गत हुने विकास मात्र होइन देशभरि हुने भ्रष्टाचारको अन्त्य, विदेशी हस्तक्षेपको अन्त्य र स्वदेशमा हुने अन्तर्राष्ट्रिय गतिविधिलाई समेत निर्णायक भूमिका सदनबाट खेल्ने छन् भन्ने अभिप्रायले बधाई ज्ञापन गरिएको हो । सभामुख घिमिरे राजनीतिक क्षेत्रका पुराना निष्ठावान कम्युनिष्ट कार्यकर्ता हुन् । जुन बेला उनलाई राजनीतिक ज्ञान प्राप्त भएको थियो । त्यो बेला पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ताको रुपमा उदाएका थिए ।

पार्टी विस्तार हुँदै सक्षम बनिरहेको बेला २७ वर्षअघि महाकाली सन्धी पारित गर्ने निर्णायक भूमिका खेलेर संगठनभित्र आलोचना खेपेकै कारण घिमिरे लामो समय सत्ताको बागडोरमा पुग्न सकेका थिएनन् । तर यो पटक विगतलाई बिर्सेर जनताले निर्वाचित गराई सत्तामा पुर्याएको भोली पल्टै सभामुख जस्तो गरिमामय पद हाँसिल गर्न पुगेका छन् । उनको काँधमा देशलाई सुनौलो रुपमा पुर्याउनुमात्र होइन हिजोका गल्ती कमजोरीलाई नदोहोर्याउन पनि हो । त्यसलाई पालना गरि जनताको हितमा काम हुनेछ भन्ने भावना राख्दै बधाईसहित कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौं ।