प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना « Yalambar Times
८ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना


यलम्वर टाइम्स
८ माघ २०७९, आईतवार ०७:०६

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

शनिबार दिउँसो भएको मत विभाजनबाट रास्वपा सांसद रानामगर उपसभामुख चयन भएकी हुन् । यो सँगै झापा क्षेत्र नं. २ ले सभामुख र उपसभामुख दुवैको जिम्मेवारी पाएको छ ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन् ।

प्रतिनिधिसभाको बैठकमा कुल २६४ जना सांसद उपस्थित रहेका थिए । निर्वाचनमा राना मगरले १६६ मत पाइन् भने उनको विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ ।

सभामुखमा भने यसअघि नै नेकपा एमालेका देवराज घिमिरे बिजयी बनिसकेका छन् ।