अर्जुनधारा जेसीजको लोम तालिम सम्पन्न « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधारा जेसीजको लोम तालिम सम्पन्न


यलम्वर टाइम्स
८ माघ २०७९, आईतवार १०:३१

अर्जुनधारा । अर्जुनधारा जेसीज प्रि इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न गरेको छ ।

जेसीज भवनमा आयोजित तालिममा मुख्य प्रशिक्षक पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापाले जेसीजमा हुनुपर्ने गुण र नेतृत्वमा पुग्नुपर्ने बाटोहरु बताएका थिए ।

पूर्व अध्यक्षहरु जेसीजको धरोहर भएको हुँदा संस्थालाई निर्णयक विन्दुमा पुर्याउन कार्य समितिको अहम् भूमिका हुने समेत बताए ।

यसरी नै राष्ट्रिय उपाध्यक्ष तथा अर्जुनधाराका निरुपित उपाध्यक्ष अनुप सुनुवारले जेसीजको स्थापना र काम, कर्तव्यको विषयमा जानकारी गराएका थिए ।

संस्थापक अध्यक्ष इन्दिवर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व अध्यक्ष दिपीन राई, प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राई, शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापा लगायतले शुभकामना दिएका थिए ।

तालिम संयोजक बिमला भट्टराईको अगुवाईमा भएको कार्यक्रमको सभापति प्रेम खड्का र सञ्चालन महासचिव वेदनारायण गोद्दारले गरेका थिए ।