कचनकवलमा युवा युवती मृत अवस्थामा भेटिए « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

कचनकवलमा युवा युवती मृत अवस्थामा भेटिए


यलम्वर टाइम्स
१० माघ २०७९, मंगलवार ११:१४

कचनकवल । गत साउनमा तीन युवतीले एउटै रुखमा सामूहिक आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवलमा फेरी प्रेमप्रेमिका एउटै रुखमा भुण्डिए आत्महत्या गरेका छन् ।

कचनकवल– ४ खुट्टामुनि निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

कचनकवल– ४ स्थित एभरेष्ट टी गार्डेन भित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको पाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसंन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए ।

यता मृतक राजेशका मामा रघुनन्दन गणेशका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् ।

करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्वीकारे गरे पनि केटी पक्षले त्यसलाई अस्विकार गरेको रघुनन्दनले बताए ।