पाथीभरामा केवलकार बन्न नदिने « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

पाथीभरामा केवलकार बन्न नदिने


यलम्वर टाइम्स
११ माघ २०७९, बुधबार ११:१८

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) मा केवलकार निर्माण गरिने चर्चा चलिरहेको बेला स्थानीय संघसंस्था तथा सरोकारवालाहरुले सांस्कृतिक सम्पदामा आँच आउने कुनै पनि परियोजना र संरचना निर्माण गर्न आग्रह गरेका छन् ।

फुङलिङमा मुक्कुमलुङ संयुक्त संघर्ष समिति, लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समूह, किरात याक्थुङ चुम्लुङ लगायत सरोकारवालाहरुको बैठकले मुन्धुम र प्रकृतिलाई नै ह्रास पुर्याउने खालको कुनै पनि योजना, भौतिक संरचना निर्माण गर्न नदिने निर्णय गर्दै आग्रह गरेका हुन् ।

बैठकले मुक्कुमलुङ पवित्र मुन्धुमी धार्मिक तथा आध्यात्मिक स्थल भएको निष्कर्ष निकाल्दै यो क्षेत्र आफैमा सांस्कृतिक र प्राकृतिक सम्पदा भएकाले राज्य, व्यापारिक कम्पनी वा कुनै पनि पक्षबाट यस क्षेत्रमा केवलकार तथा कुनै पनि भौतिक संरचना निर्माण गरिनु नहुने र गर्न नदिने निचोड निकालेको संघर्ष समितिका सरु सिङ्गकले बताइन् ।

उनले केबुलकार निर्माण कम्पनी यति होल्डिङस्, प्रशासन, नेपाल सरकार र सम्बन्धित निकायलाई सचेत गराइसकेको पनि बताइन् ।