नमूना वनलाई अझ नमूना बनाउन मिहेनतको आवश्यकः पूर्व माननीय बृख « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

नमूना वनलाई अझ नमूना बनाउन मिहेनतको आवश्यकः पूर्व माननीय बृख


यलम्वर टाइम्स
११ माघ २०७९, बुधबार १२:०५

सालबारी । पूर्व माननीय बृख प्रधानले नमूना सामुदायिक वन यस क्षेत्रको अगुवाहरुको त्याग र मिहेनतबाट झापाकै नमूना वन हुन पुगेको बताएका छन् ।

बुधबार नमूना सामुदायिक वन अर्जुनधारा–९ को २४ औं साधारणसभालाई सम्बोधन गर्दै पूर्व माननीय प्रधानले नमूना बनाउन यस क्षेत्रको साखु रुखको संरक्षण, सामुदायिक वनभित्र पर्ने तालतलैया र वनभोज स्थल निर्माणसँगै सितल छहारी हुने ठाउँ बनाइएको हुँदा झापाकै नमूना हुन पुगेको बताए ।

उनले सालबारी क्षेत्रमा रहेको यस नमूना वनलाई अझै मिहेनतसँगै संरक्षण सम्वद्र्धन गर्न सके गर्मी होस् या पर्यटन क्षेत्रमा होस् झापाकै नमूना हुन सक्ने बताए ।

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष भानु श्रेष्ठले प्रतिवेदन पेश गर्दै नमूना सामुदायिक वनलाई दीगो विकाससँगै आयआर्जनको बाटोमा लग्दै उपभोक्ताहरुलाई सेवा दिने विषयमा आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन पेश गर्दै लेखनाथ दाहालले सुझावसहित संस्थाको विषयमा आफ्ना धारणा राखेका थिए ।

उद्घाटन समयमा ज्येष्ठ उपभोक्ता मेघनाथ ओली, छविलाल खरेल, लालबहादुर कटुवला, रंगलाल निरौला र डिभिजन वन कार्यालय सुरुङ्गाका सुरेश खनाल, आजाद सामुदायिक संस्था अर्जुनधारा नगरपालिका, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र भद्रपुरलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय सुरुङ्गाका खनाल, सामुदायिक वन महासंघ अर्जुनधाराका दिव्य कट्टेल, कार्यापालिका सदस्य गौरीमाया चिमरिया, वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्र, नेपाली कांग्रेसका जगत राना मगर लगायतले चुस्त दुरुस्त समिति बनाई नमूना सामुदायिक वनलाई अगाडि बढाउन शुभकामना दिएका थिए ।

सदस्य सन्त राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सूर्य अधिकारीले गरेका थिए ।