इनरव्हीलद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

इनरव्हीलद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री


यलम्वर टाइम्स
१४ माघ २०७९, शनिबार ०३:४२

कञ्चनबारी । इनरव्हील क्लब अर्जुनधाराले सरस्वती पूजाको अवसरमा श्री आधारभूत विद्यालय कञ्चनबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबले सामाजिक दायित्वलाई बहन गर्दै विद्यालयमा खाता, डटपेन, पेन्सिल लगायतका शैक्षिक सामान वितरण गरेको हो ।

संस्थाकी अध्यक्ष सुनिता खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का रहेका थिए । कार्यक्रमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शान्ति चौहान, विद्यालयका प्रअ टकंनाथ न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।

संस्थाकी उपाध्यक्ष पूर्णिमा सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य मेनुका ओलीले गरेकी थिइन् ।

प्रअ न्यौपानेले विद्यालयमै आएर विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइदिएकोमा धन्यवाद दिएको हाम्रा प्रतिनिधि भिम बरालले जानकारी दिए ।