जनता नै हुन्छन्, सिकार « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

जनता नै हुन्छन्, सिकार


यलम्वर टाइम्स
१५ माघ २०७९, आईतवार ०९:४४

अग्नीदहन गरि मृत्युवरण गरेका प्रेमप्रसाद आचार्यको नाममा थुप्रै विज्ञप्तीहरु बाहिर आए । उनीमाथि भएको आर्थिक पीडा सहन नसकेपछि मृत्युको बाटो रोजेको उनले लेखेका शब्दहरुमा पाइन्छ । कोभिड पछाडी प्रेमप्रसाद आचार्य जस्ता पीडा भोग्ने थुप्रै मानिसहरु छन् । त्यसलाई बहससँगै छापा माध्यमबाट बाहिर ल्याउनुपथ्र्यो । त्यसो नहुँदा आचार्यको मृत्युपछिको बहस राज्यले गर्न गराउन पछि पर्नु हुँदैन ।

आचार्यपछि अन्य एक व्यापारी र एक सहकारी ऋणीले आत्महत्या नै गरे । यसरी भएको आत्महत्याले सहकारी संघसंस्थामा आरोप लागेको देखिन्छ भने ऋण लिने ऋणीहरुले कसरी तिर्ने त्यो माध्यम खोजिरहेको अवस्था पाइन्छ । कति ऋणहरुले यही मौका छोपेर सहकारी माथि अवाञ्छित शब्दहरु पोखिरहेका छन् । सरकारले लिने, दिने र बजारमा व्यवसाय गर्ने वातावरण मिलाइदिए कठिन स्थिति नआउने आम भनाई छ । स्थानीय सरकार होस् या प्रदेश हुँदै संघ । यी तीन तहले आर्थिक कारोबार गर्ने रणनीति खुकुलो पार्दै दिने वित्तीय संस्था वा सहकारी र लिने जनता बीचको समन्वयता प्रदान गर्न अर्थमन्त्रालयले सहजीकरण गरेको खण्डमा ति माथि उल्लेख गरिएका घटनाहरु बढ्ने थिएनन् । ऋण लिनेहरु व्यवसाय सञ्चालनमा कठिन परेरै आत्तिरहेको अवस्था छ । व्यवसाय सञ्चालन हुन नसक्दा ऋणीले समयमै किस्ता बुझाउन सकिरहेको अवस्था देखिदैन । आत्महत्या गरेका मानिसहरुको सुसाईट नोटका शब्दलाई सापटी लिँदा बैंकका कर्मचारीहरुको भाषा, व्यवहार पनि कारकको रुपमा आएको हुँदा त्यसलाई बैंक तथा सहकारीहरुले सच्याउन जरुरी देखिन्छ ।

जे भए पनि नेपालको अर्थतन्त्रलाई मजबुद बनाउने शक्ति भनेको जनता नै हो । बचाउने, चलाउने तरिका (बचत) जस्ता ज्ञानको अभावले धेरै समस्याहरु ग्रामिण भेगमा पाइएको छ । त्यसलाई मध्यनजर गर्दै ऋण दिनेले पनि ध्यान दिन जरुरी छ र लिनेले लिएपछि गर्ने व्यवहार पनि सुधार्नुपर्छ । त्यसपछि सरकारले व्यवसायका वातावरणहरु सजिलो पारिदिए नेपालको अर्थतन्त्रमा सुधार आउँदै हत्या, हिंसा र स्वेच्छिक मृत्यु जस्ताले प्रशय पाउँदैन थियो । त्यो नगरिदा सरकार ! जनता नै हुन पुग्छन सिकार ।