मगर बौद्ध सेवा समाजबाट १६ जनालाई प्रवज्ज्या ज्ञान « Yalambar Times
१ बैशाख २०८१, शनिबार

मगर बौद्ध सेवा समाजबाट १६ जनालाई प्रवज्ज्या ज्ञान


यलम्वर टाइम्स
१६ माघ २०७९, सोमबार १२:०२

माईधार । नेपाल मगर बौद्ध सेवा समाज झापाले मोरङ, झापा र पाँचथरका गरि १६ जनालाई प्रवज्ज्या गर्ने भएको छ ।

लोभ, मोह, नित्याचारी, हिंसा जस्ता कार्यलाई त्यागेर सात दिनसम्म बौद्ध मार्ग अनुसार गरिने संस्कारमा संलग्न गर्नका लागि १६ जनाले सोमबारबाट प्रवज्ज्या गर्न लागेका हुन् ।

केश मुण्डनसँगै पहेलो गेरु वस्त्र बौद्ध कपडा पहिरन गरि शुद्ध मनले बौद्धक ज्ञान, आचरण बारे जानकारी दिने बौद्ध सेवा समाज झापाका अध्यक्ष जय मगरले जानकारी दिए ।

जसरी हिन्दूहरुले हिन्दू मन्त्र जप्दै जनै पहिरन्छन्, मगर जातिभित्र रहेका बौद्ध मार्गिले प्रवज्ज्या गर्ने परम्परा रहेको हुँदा सुरु गरिएको जानकारी दिए ।

१८ वर्षदेखि ६५ वर्षसम्मका बौद्ध मार्गिहरु प्रवज्ज्यामा सहभागि रहेका छन् । सहभागिहरुलाई स्तबीर भन्ते, गरुख भिक्क्षुले मन्त्रका विषयमा ७ दिन जानकारी गराउने भएका छन् भने भन्ते उदयसेनले आचरण, संस्कारका विषयमा जानकारी दिने मगर संघ झापाका पूर्वअध्यक्ष पर्शुराम मगरले जानकारी दिए ।

यसोधरा बौद्ध विहार माईधारमा आयोजित कार्यक्रममा मगर संघका संस्थापकदेखि वर्तमानसम्म रहेका कार्यसमितिको उपस्थिति रहेको थियो ।

प्रवज्ज्या बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ७ दिन रहनेछ ।