अर्जुनधारा खेल मैदानमा २९ गते फाइनल भव्य हुने, वडा नं. ८ फाइनलमा « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

अर्जुनधारा खेल मैदानमा २९ गते फाइनल भव्य हुने, वडा नं. ८ फाइनलमा


यलम्वर टाइम्स
२८ माघ २०७९, शनिबार ०३:२४

अर्जुनधारा । अर्जुनधारा क्षेत्रकै ठूलो र फराकिलो खेल मैदानको रुपमा रहेको वडा नं. ७ को अर्जुनधारा खेल मैदानमा जारी प्रथम यु–१८ वडास्तरीयर फुटबल प्रतियोगिताको २९ गते आईतबार हुने फाइनल खेलमा वडा नं. ८ ले स्थान बनाएको छ ।

माघ २० गतेबाट सुरु भएको प्रतियोगिताको शुक्रबार भएको सेमिफलनमा वडा नं. ६ लाई पाखा लगाउँदै वडा नं. ८ फाइनलमा स्थान बनाउन सफल भएको हो । वडा नं. ८ बाट जर्सी नं. २० का निखिल तामाङले २ गोल र जर्सी नं. ११ का समिर हेमरमले १ गर्दै उपाधीका लागि स्थान बनाएको हो । वडा नं. ६ का किशोर मेचेले भने २ गोल फर्काउन भ्याएका थिए ।

शुक्रबार भएको सेमिफाइनलमा म्यान अफ दि म्याच वडा नं. ८ का समिर हेमरम भएका थिए । उनलाई वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेतीले एक जोर फुटबल बुट प्रदान गरेका थिए । सेमीफाइनलमा वडा नं. ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, ७ का गोविन्द खतिवडा, १ का उपेन्द्र बस्नेत, ३ का सीताराम भट्टराई लगायत वडा सदस्यहरुको उपस्थिति रहेको शनिश्चरे फुटबल क्लबका अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।

शनिश्चरे फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा वडा नं. ८ का अध्यक्ष उप्रेतीले खेलाडीको पहिचान र मान सम्मानका लागि प्रथम यू–१८ फुटबल प्रतियोगिता प्रभावकारी भएको प्रतिक्रिया दिए । खेलको सुरुवाती समयदेखि नै दर्शकहरुको उपस्थिति सहरानीय भएको वडा नं. ७ का वडाध्यक्ष खतिवडाले जानकारी दिँदै खेल मैदानलाई प्रभावकारी बनाउन धेरै काम गर्न बाँकी रहेको बताए ।

क्लबका अध्यक्ष राईका अनुसार समाजमा व्याप्त दुव्र्यवसनी बढीरहेको बेला खेल माध्यमबाट न्यूनिकरण गर्नका लागि नगरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै सबैको सहयोगबाट यो प्रतियोगिता सम्पन्न गर्न लागिएको बताए । शनिबार वडा नं. ७ र वडा नं. १ बीच अन्तिम सेमिफानल हुने कोषाध्यक्ष हरि गुरुङले जानकारी दिए ।

खेललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि क्लबको तर्फबाट लागिपरेको सचिव पेम्वा तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले मेडल र ट्रफि सहित नगद रु ३० हजार प्राप्त गर्नेछन् भने उपविजेताले मेडल र ट्रफि सहित नगद रु २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।