बहुलवाद निर्माणका लागि युवा शक्ति जुर्मुराएको जनमुक्तिको अध्यक्षको धारणा « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

बहुलवाद निर्माणका लागि युवा शक्ति जुर्मुराएको जनमुक्तिको अध्यक्षको धारणा


यलम्वर टाइम्स
२ फाल्गुन २०७९, मंगलवार ०७:०७

बिर्तामोड । बाज रुखमा आएर बस्दा जसरी रुख हल्लाउछ उड्दा पनि त्यसरी नै हल्लाउने हुँदा अब जातीय मुक्ति, राष्ट्रिय स्वाधिनता र बहुलवादका लागि लड्ने लिम्बूवानी नेता सञ्जुहाङ पालुङ्वाले बताएका छन् ।

जनमुक्ति पार्टीका प्रतिनिधि मण्डल र लोसपाका नेतासँगै एकताका लागि भएको छलफलमा पालुङ्वाले वैचारिक युद्धमै जीवन अर्पण भएको हुँदा अब अन्तिम समयमा बाजले रुख छाड्दा हल्लाए जस्तै जनताको लागि लड्ने प्रतिवद्धता राखे ।

संघीय लोकतान्त्रिक पार्टी लिम्बूवानका अध्यक्ष समेत रहेका पालुङ्वाले जातीय मुक्तिको लागि आदिवासी जनजाति र मधेस लगायत एक नभइ नश्लीयत चरित्र बोकेका दलबाट अधिकार प्राप्त नहुने ठोकुवा गर्दै एकताका लागि आफू तयार रहेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले वैचारिक एकताको आन्दोलनका लागि पहिचानवादी दल एक हुन जरुरी रहेको जोड दिँदै मेची–महाकालीसम्म रहेको जनमुक्ति संगठनले अन्य दललाई पनि मिलाएर लानुपर्ने, मञ्चबाट अलग्गीएका योद्धाहरुसँग पनि छलफल अगाडि बढिरहेको र गोपाल किराती लगायत नागरिक उन्मुक्ति पार्टीसँग पनि वैचारिक छलफल अगाडि बढेको बताए ।

एकताका प्राविधिक कुराहरु जनमुक्ति पार्टी प्रदेश १ का सचिव कृष्णकुमार थेवे र संघीय लोकतान्त्रिक पार्टी लिम्बूवानका सचिव लासिम पालुङ्वा र एलवी पालुङ्वाले राखेका थिए ।

छलफलमा लोसपाका त्रिनारायण राजवंशी, जनमुक्तिका महासचिव पदम जवेगु, उपमहासचिव विष्णु थाङ्देन लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा बहुलवादका विषयमा चारैतिरबाट आवाज घन्किरहेको र आन्दोलनको मोर्चामा जानका लागि युवा शक्तिहरुले जोड दिइरहेको पनि अध्यक्ष केपी पालुङ्वाले स्मरण गराएका थिए ।

अहिलेसम्म भएको वार्ता र छलफलका विषयमा जनमुक्ति पार्टीका अध्यक्ष पालुङ्वाले अवगत गराउँदा लिम्बूवानी नेता सञ्जुहाङले स्पष्ट पारदर्शी र वैचारिक छलफलबाट चाडो एकताका लागि लड्ने दिन भइसकेको बताए ।