‘प्रस्तावक र समर्थक गद्दार जनप्रतिनिधि हुन्’ « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

‘प्रस्तावक र समर्थक गद्दार जनप्रतिनिधि हुन्’


यलम्वर टाइम्स
१९ फाल्गुन २०७९, शुक्रबार ११:५१

बिर्तामोड । झापाका जनजाति अगुवा नेताहरुले कोशी प्रदेश स्वीकार्य छैन भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

विहीबार मुक्तिचोकमा स्वतस्फूर्तः निस्किएको विरोधसभामा सम्बोधन गर्दै नेपालका नश्लीयत चेत भएका नेताहले किरात सभ्यतालाई किक मार्दै कोशी प्रदेश नामाङ्कन गरेकोमा संघर्ष गर्न लागिएको सन्देश दिए । जसपाका झापा अध्यक्ष दिपेनवाला राईले पहिचान पनि भेटिने, द्वन्द पनि मेटिने भनेर नेपाली कांग्रेसले मत माग्दै ठूलो दल हुन पुग्दा जनजातिलाई भने ठूलो घात गरेका बताए ।

जनमुक्तिका गजेन्द्र आङ्बोहाङले कोशी र काँसीमा भिन्नता नभएको हुँदा पञ्चायतकालीन अवशेष नामलाई स्वीकार्न नसकिने बताए । मञ्चका नेता ज्ञानबहादुर लिम्बूले पहिचानलाई कोशीमा बगाएर आफ्नो राज गर्न खोजेको हुँदा आन्दोलनबाट पहिचानलाई स्थापित गराइने बताए ।

कोचिला नेता कर्ण राजवंशीले कोचको संरक्षण गर्दै आएको राजवंशीहरु माथि गरिएको अन्याय भविष्यमा दण्ड बाहेक अर्को विकल्प नरहेको जानकारी दिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका उपाध्यक्ष केवल राम राईले षडयन्त्रपूर्वक कोशी नामाकरण गरेर ल्याइएको हुँदा अतिवादी चिन्तन बोकेका दलहरुलाई होसियार रहन आग्रह गरे ।

चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाँकले जनजातिका मागप्रति कांग्रेस–एमालेले गरेको दुव्र्यवहार सैया नहुने बताए । आदिवासी नेता गणेश गनगाई, महिला नेतृ सवनम राजवंशी, जनमुक्तिका महिला नेतृ मिना पन्धाक, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष भरत श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्दै पहिचानमाथि बज्रपात गरेको हुँदा ठूला दल होसियार रहन आग्रह गरे ।

कोणसभामा पुग्नुअघि मुक्तिचोक परिक्रमा गर्दै दलालको पिछालगु भएर कोशी नाममा प्रस्तावक र समर्थक हुनेप्रति लक्षित गर्दै इतिहासमा गद्दार नेताको रुपमा उभ्याउने आन्दोलनकारीहरुले घोषणा गरे । आन्दोलनमा किरात राई योयोक्खा, किरात याक्थुङ चुम्लुङ लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।