सिस्नेमा सम्पन्न आँखा शिविरबाट ६ सय २७ ले सेवा लिए « Yalambar Times
८ बैशाख २०८१, शनिबार

सिस्नेमा सम्पन्न आँखा शिविरबाट ६ सय २७ ले सेवा लिए


यलम्वर टाइम्स
२१ फाल्गुन २०७९, आईतवार ११:२२

अर्जुनधारा । अर्जुनधारा–१ स्थित सिस्नेमा आज आइतबार सम्पन्न आँखा शिविरमा ६ सय २७ जनाले सेवा लिएका छन् ।

नयाँ चाहना समूहको आयोजना तथा मेची नेत्रालय काँकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसनको प्राविधिक सहयोगमा सञ्चालित बालबालिका, महिला, वृद्ध गरि ६ सय २७ जनाले सेवा लिएका हुन् ।

समूहका अध्यक्ष सुरज शेर्पाले शिविरबाट मोतिबिन्दु भएका ४२ जनालाई अप्रेसनका लागि अस्पताल पठाएको बताए । उनका अनुसार शिविरमा ३ सय ४२ जनालाई रिडिङ ग्लास वितरण गरिएको थियो । रिडिङ ग्लास हेल्पिङ हेन्ड्स हेल्थ एजुकेसनले निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।

त्यस्तै समूहका सचिब मदन राईले शिविरबाट अस्पताल पठाएका मध्ये ८ जनाको आँखाको अप्रेसन गरिसकिएको बताए । उनले बाकी अन्यको पनि अप्रेसन गरिने बताए ।

आँखा शिविर सम्पन्न गर्नका लागि स्थानीय नमुना बजार ब्यवस्थापन समितिको उल्लेखीय सहयोग रहेको समूहका अध्यक्ष शेर्पाले जानकारी दिए ।

शिविरमा अर्जुनधारा वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, समूहका पूर्व अध्यक्ष सुनिल थापा, रोजित गुरुङ, कनकाई क्याम्पस नेबिसंघ इकाई सभापति किरण गुरुङ, विद्यार्थी नेता पुकार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।