४६ औं एनसीसी जुनियर डिभिजनद्वारा अर्जुनधारामा रक्तदान « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

४६ औं एनसीसी जुनियर डिभिजनद्वारा अर्जुनधारामा रक्तदान


यलम्वर टाइम्स
२२ फाल्गुन २०७९, सोमबार ०९:५४

अर्जुनधारा । रगत अभावको समस्यालाई मध्यनजर गर्दै स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अन्र्तगतको राष्ट्रिय सेवा दल (एनसीसी) ४६ औं ब्याच जुनियर डिभिजनले रक्तदान गरेको छ ।

शनिश्चरे बजार स्थित देवकोटा चोकमा नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग सम्पन्न रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा २६ पुरुष र ३ महिलाले रक्तदान गरेको विद्यालयका फाउण्डर ईश्वरा श्रेष्ठले जानकारी दिए ।

डिभिजनका प्लाटुन कमाण्डर सन्देश घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक रामचन्द्र मैनाली रहेका थिए ।

कार्यक्रममा वडा सदस्य सरु बुढाथोकी, प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, अर्जुनधारा–४स्थित टोल विकास समितिका उपाध्यक्ष कुमार राई, विद्यालयकी संस्थापक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

डिभिजनका क्याडेट रोमन थपलियाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।

सोही दिन मानवीय सेवा तथा सामाजिक कार्य गर्ने उद्देश्यले पूर्व राष्ट्रिय सेवा दल अर्जुनधारा तदर्थ समिति गठन गरिएको छ ।

नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फडिन्द्र थापाको अध्यक्षतामा सम्पन्न भेलाले समितिको संयोजकमा रोमन थपलियालाई चुनिएको छ ।

नवगठित समितिको सहसंयोजकमा कुशल महतरा र सदस्यहरुमा सन्देश घर्ती मगर, रिजन थापा मगर, पूजा गौतम, भूमिका पौडेल, वर्षा सुवेदी, रिसर्च कोइराला र मीना प्याकुरेल रहेका छन् ।