कोशी प्रदेश नामाकरणमा बौद्धिक वर्गको पनि चित्त दुखाई « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

कोशी प्रदेश नामाकरणमा बौद्धिक वर्गको पनि चित्त दुखाई


यलम्वर टाइम्स
२७ फाल्गुन २०७९, शनिबार ०२:१८

बिराटनगर । किरात धर्म तथा साहित्य उत्थान संघले मात्र होइन आदिवासीभित्रका बौद्धिक वर्गले पनि कोशी नामाकरण उचित नभएको भन्दै आन्दोलनमा देखा परेका छन् ।

आदिवासी जनजाति हकहितका आन्दोलनमा देखा नपरेका सर्जकहरु पनि प्रदेश नं. १ को नाम कोशी उचित नभएको भन्दै बिराटनगरको आन्दोलनमा अग्र मोर्चामा उभिएका छन् । पत्रकार तथा समालोचक भवानी बरालले कौशिक ऋषिको नामबाट कोशी नाम राखिएको हुँदा सभ्यतालाई धोती लगाएको बताए ।

इतिहास विद् तथा अनुसन्धानकर्ता कमल तिगेलाले दिउँसै किरात, लिम्बूवान, कोचिला सभ्यतालाई खरानी पारेर त्यही खरानी सदनमा पुगेका प्रतिनिधिहरुलाई लगाइदिएको देख्दा आदिवासीहरुको चित्त दुखाई भएको बताए ।

यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राईले नश्लीयत चरित्र भएका नेताहरुबाट आदिवासी जनजातिले अधिकार पाउने सपना तुहिएको बताए । चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले कोशी प्रदेश नाम नसच्याए आन्दोलन जारी रहने जानकारी दिए ।