स्वस्तिका शिशु सदनको ३८ औं वार्षिकोत्सव सम्पन्न « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

स्वस्तिका शिशु सदनको ३८ औं वार्षिकोत्सव सम्पन्न


यलम्वर टाइम्स
२९ फाल्गुन २०७९, सोमबार ११:२७

अर्जुनधारा । अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन माध्यमिक अंग्रेजी विद्यालयको ३८ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सोमबार आयोजित वार्षिकोत्सवको उद्घाटन अर्जुनधारा वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेतीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष उप्रेतीले शिक्षामा निजी क्षेत्रले उल्लेखीय योगदान पुर्याएको बताए ।

अर्जुनधारा क्षेत्रकै जेठो निजी विद्यालयको परिचय बनाएको स्वस्तिका शिशु सदन ३८ औं बसन्तमा प्रवेश गरिरहँदा धन्यको पात्र भएको बताए ।

उनले विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभई खेल, संगीत, साहित्य लगायतका विधागत विषयमा जोड दिँदा नतिजा राम्रो आउने बताए ।

विद्यालयकी संस्थापक ईश्वरा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।

विद्यालयका पूर्व विद्यार्थी तथा नेपाली सेनाका मेजर अभिषेक विष्टलाई सेनाको उच्च स्थानमा पुग्न सफल भएको भन्दै सम्मान गरेको थियो ।

उनीसँगै उत्कृष्ट अभिभावक, २०७८ सालको एसईईका उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरिएको विद्यालयका संस्थापक श्रेष्ठले जानकारी दिइन् ।

उत्कृष्ट अभिभावकमा सुरेश विष्टलाई सम्मान गरिएको छ । समय–समयमा विद्यालय आएर अनुगमनसँगै सकरात्मक सल्लाह सुझाव दिँदै आएका उनलाई उत्कृष्ट अभिभावको रुपमा सम्मान गरेको बताइएको छ ।

त्यस्तै ०७८ सालको एसईईमा विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याउने निविदिता ओझा र प्रतिक बराल, विद्यालयका संगीत शिक्षक सन्तोष आलेलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

विद्यालयका एनसीसी ४८ औं ब्याच जुनियर डिभिजनले खुकुरी ड्रिल र विद्यार्थीहरुद्वारा ‘रातो र चन्द्र सूर्य’ बोलको राष्ट्रिय भावले ओतपोत भएको गीत प्रस्तुत गर्दै सुरु भएको कार्यक्रममा विद्यालयका गतिविधिहरुलाई समेट्दै स्वस्तिका बुलेटिन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा प्याव्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, अभिभाव संघ अध्यक्ष दिपीन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा खिमराज दाहालले अभिभावक तथा विद्यार्थीहरुका बीच मोटिभेसनल मन्तव्य प्रस्तुत गरेका थिए ।

विद्यालयका सहायक प्रअ इन्द्र ढुंगानाले विद्यालयको गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रममा शिक्षा सेवी लोकनाथ पौडेल, अर्जुनधारा प्रेस क्लब अध्यक्ष रमेश समदर्शी राई, हिमाली बोर्डिङ स्कुलकी शान्ता गिरी, शनिश्चरे प्रहरी चौकीका प्रमुख कुमार ढकाल लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका संयोजक तथा शिक्षक चन्द्रप्रसाद सुवेदी, विद्यार्थीद्वय रिसर्च कोइराला र प्रशंसा घिमिरेले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत सहसंयोजक केशवमणि ढकालले गरेका थिए ।