आगोलागीजन्य विपद्का लागि आपतकालिन योजना पारित « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

आगोलागीजन्य विपद्का लागि आपतकालिन योजना पारित


यलम्वर टाइम्स
२ चैत्र २०७९, बिहीबार १२:२३

भद्रपुर । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीजन्य विपद्का लागि आपतकालिन योजना २०७९ पारित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सर्वपक्षिय भेलाले तत्काल आगजनीलाई नियन्त्रण गर्दै भएका दुर्घटनालाई राहत प्रदान गर्न कार्य योजना पारित भएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापा र विपद् व्यवस्थापन समितिले संयुक्त रुपमा पेश गरेको कार्य योजनामा बृहत छलफल गर्दै सुख्खायाममा वनजंगलदेखि घरसम्ममा आगजनी हुने भएको हुँदा त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकार, विपद् व्यवस्थापन समिति झापा, रेडक्रस, सुरक्षा निकाय, एम्बुलेन्स र दमकललाई तयारी राख्दै भइपरि आएको ठाउँमा परिचालन गरिने समेत कार्य योजनामा उल्लेख छ ।

त्यसैलाई सदर गर्दै बुधबार बसेको सर्वपक्षिय भेलाले पारित गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रजिअ शिवराम पोखरेलको सभापतित्वमा भएको छलफलमा नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवे, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, सशस्त्र प्रहरी बल झापाका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतले विपद्का विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

छलफलमा जिल्ला कारागारका शौचालय निर्माण, जोखिममा परेकाहरुलाई तत्काल बस्नका लागि निर्माण भएका होल्डिङ सेन्टर जस्ता ठाउँलाई प्रयोग गरेर जानुपर्ने आवाजहरु उठेका थिए ।