बालबालिकालाई मदिराजन्य सामग्री बिक्री वितरण गरे कारवाही « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

बालबालिकालाई मदिराजन्य सामग्री बिक्री वितरण गरे कारवाही


यलम्वर टाइम्स
४ चैत्र २०७९, शनिबार ०३:००

अर्जुनधारा । बालबालिकालाई मद्यपान, धुम्रपान र सुर्तिजन्य सामग्री बिक्री वितरण गर्ने जो कोही पसलेलाई कानुन सम्मत उभ्याउने भएका छन् ।

शनिश्चरे बजारको मुटुमा रहेको अर्जुनधारा वडा नं. ८ ले चैत्र १ गते वडाको क्षेत्रमा रहेका उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श, सरकारी विद्यालय, निजी विद्यालय र सरोकारवालाहरु बीच छलफल गर्दै नाबालकलाई कुलतको बाटोमा लैजाने एउटा माध्यम खरीद–बिक्री गर्ने बाटो भएको हुँदा बालबालिकाहरु पसलमा किनमेल गर्न आए नदिन निर्णय गरेको छ ।

त्यस्तै अभिभावकहरुबाट पनि आफ्ना सन्ततिलाई मद्यपान र धुम्रपान खरीद गर्न पठाउन नहुने जानकारी वडाले दिने भएको छ । यसरी जानकारी गर्दागर्दै पनि अटेर गरे कानुनी कठघरमा उभ्याउने अध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए ।

बैठकले सार्वजनिक ठाउँमा धुम्रपान, मद्यपान गरे नेपालको प्रचलित ऐन कानुन अनुसार कारवाही अगाडि बढाउने र प्रहरी प्रशासनको सहयोगमा वडा नं. ८ लाई कुलतबाट जोगाउनका लागि रचनात्मक काम गर्ने समेत अध्यक्ष उप्रेतीले जनाए ।

उप्रेतीले वडा नं. ८ को विभिन्न स्थानमा नगर सूचना बोर्ड निर्माण गरि सर्वसाधारणका लागि लोककल्याणकारी जानकारी समेत दिइने निर्णय भएको बताए ।

उनले स्वस्तिका शिशु सदनको ३८ औं वार्षिक कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अभिभावकलाई भने, आफ्ना नानीहरुलाई मधु, गुट्का र चुरोट लिन नपठाउनु होला ।