संघर्ष समितिको कार्यक्रम छलफलदेखि आम हड्तालसम्म « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

संघर्ष समितिको कार्यक्रम छलफलदेखि आम हड्तालसम्म


यलम्वर टाइम्स
८ चैत्र २०७९, बुधबार १२:४९

धरान । पहिचानवादी संघर्ष समितिले पछिल्लो पटक आन्दोलनको खाका तयार पारेको छ । बिराटनगरमा भएको निषेध आज्ञालाई तोडी गरिएको बिरोध सभा सफल भएको समिक्षा गर्दै आगामी आन्दोलनका लागि गाउँ जागरण अभियान अन्तर्गत अगाडि बढ्ने भएको बताइएको छ ।

संघर्ष समितिका अनुसार कम्तिमा १५ दिन पहिचानका विषयमा अवगत गराइने छ । त्यस्तै चैत्र १० गते ताप्लेजुङ, ११ गते पाँचथर, १३ गते झापा, १५ र १६ गते सुनसरीमा विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

इटहरीमा भएको छलफलले १४ वटै जिल्लामा जिल्ला सभा, क्षेत्रीय सभा र काठमाण्डौमा जुलुससहित मोटरसाइकल र्याली गर्ने भएका छन् ।

संघर्ष समितिले विभिन्न राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतसँग समन्वय र छलफल गर्ने छन् भने कोशी प्रदेश नाम लेखिएको लेटरप्याड नबनाउन र बनाएको भए मेट्न अनुरोध गर्ने भएका छन् ।

यसरी नै सरकारी कार्यालयमा तालाबन्दि, कालो झण्डा र ८२ जना सांसदप्रति प्रतिकार गर्ने भएका छन् ।

कोशी खारेजी सम्बन्धि जनचेतनामूलक साहित्य र सांस्कृतिक कार्यक्रम अभियान, कोशी खारेजी सम्वाद एवम् मिडिया अभियान र प्रदेश सभा घेराउ, अवरोध, अनिश्चितकालिन आम हड्ताल जस्ता कार्यक्रमहरु लिएर अगाडि जाने भएको बताइएको छ ।