थ्रेसहोल्ड जातिको प्रगतिमा बाधक : जनमुक्ति « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

थ्रेसहोल्ड जातिको प्रगतिमा बाधक : जनमुक्ति


यलम्वर टाइम्स
२२ माघ २०७३, शनिबार १०:१२

jjjशनिअर्जुन / राष्ट्रिय जनमुक्ति पार्टीका प्रशिक्षक विभाग प्रमुख मोहन धिमालले तीन ठूला दलले लाद्न आटेको थ्रेसहोल्ड अल्पसंख्यक र सत्ता बाहिर रहेका जातिको प्रगतिमा बाधक हुने बताएका छन् ।

शनिअर्जुनको यायोक्खा भवनमा भएको दुई दिने प्रशिक्षण कार्यक्रममा नेता धिमालले सर्व जातिको विकाससँगै राजनीतिक पहुँच बढीरहेको बेला उच्च जाति भनौदाका ठूला दलले यस देशका आदिवासी जनजाति र अल्पसंख्यकलाई प्रगतिमा रोक लगाउन ३ प्रतिशतको थ्रेसहोल्ड लाद्न आँटेको आरोप लगाए । नेता धिमालले जनमुक्ति पार्टी जतिसुकै प्रतिशतको थ्रेसहोल्ड लगाए पनि हामी थेक्न तयार रहेको बताउँदै साना राजनीतिक दलको प्रतिनिधित्व गर्दै आउने चुनावमा जान तयार रहेको बताए । अर्का अतिथि राष्ट्रिय उपाध्यक्ष मीना पन्धाकले थ्रेसहोल्ड लादेर एकलौटी राज गर्ने सपना ठूला दलले बोकेको हुँदा त्यसको विरुद्धमा साना दलहरु मोर्चाबन्दी गरेर जाने बताए । लिम्बूवान राज्य परिषद्का सचिव कृष्ण थेवेले सही विचार लिएर जन्मेको जनमुक्तिलाई ठूला दलले सम्मान गर्न सकेन भने ठूला दलका लागि जनमुक्तिको विचार दीर्घ रोग जस्तो रहिरहने बताए ।

महिला मोर्चा अध्यक्ष रिना थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष पर्शुराम मगर र जिल्ला इन्चार्ज भवानी सेलिङको आतिथ्य रहेको थियो । डगमाया मगरले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका सक्रिय महिलाहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण शनिबारसम्म रहने छ ।