‘आधा शिर उचालेर’ को चर्चा « Yalambar Times
१८ असार २०८२, बुधबार

‘आधा शिर उचालेर’ को चर्चा


यलम्वर टाइम्स
११ चैत्र २०७९, शनिबार ०२:१९

बिर्तामोड । प्राज्ञ मुनाराज शेर्माले चेतनाको स्तर उठ्न नसकेको सरकारबाट पहिचानको आवाज उठाउनेहरुले अकालमा ज्यान गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।

नेपाली लेखक संघ झापाद्वारा कवियत्री ज्योति जंगलको ‘आधा शिर उचालेर’ नामक कविता संग्रहको परिचर्चा गर्दै प्राज्ञ शेर्माले साहित्यले सिर्जित गरेको वा सन्देश सत्ता पक्षले बुझ्न सकेन भने दुर्घटना हुनुको विकल्प नरहेको बताए ।

पहिचानको आन्दोलनमा पदम लिम्बू ‘लाजेहाङ’को दुखद् निधनले आफूलाई असजिलो भएको बताउँदै ज्योति जंगलद्वारा लेखिएका थुप्रै कविताले मार्ग निर्देश गरेको अवस्था छ । सरल भाषा प्रयोग गरेर चेतना वृद्धिका लागि ‘आधा शिर उचालेर’ नामक पुस्तक वर्तमान समय सापेक्ष सन्देश दिएको बताए ।

अर्का समालोचक कृष्ण बरालले ज्योति जंगलका कविता पछिल्ला पुस्ताका लागि मार्ग निर्देशक हुने बताए । लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा कवि लीला अनमोल, विवश बलिभद्र कोइराला, राजेश ढुंगाना, दयानन्द गोश्वामी, मिलनकुमार ढुंगाना, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई लगायतले कविता वाचन गरेका थिए ।

दिपीन राईले स्वागत गरेको कार्यक्रममा समालोचक विष्णु भट्टराई लगायतको उपस्थिति रहेको थियो ।