गलत समाचारले नकरात्मक असर पार्छः नीता « Yalambar Times
३ बैशाख २०८१, सोमबार

गलत समाचारले नकरात्मक असर पार्छः नीता


यलम्वर टाइम्स
११ चैत्र २०७९, शनिबार ०२:२५

गर्भवती भएको भन्ने हल्लाका कारण अभिनेत्री नीता ढुंगाना यतिबेला तनाबमा छिन् । केही दिनयता उनी गर्भवती भएको भन्ने हल्ला सामाजिक सञ्जालमा छ्याप्प छ्याप्ती देख्न सकिन्छ ।

केही दिन अगाडि म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा आफ्नो सृजना पनि जन्माएको सन्तान जस्तै भएको अभिव्यक्ति दिएकी थिइन् । यही कुरोलाई पत्रकारले बंग्याएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत गुनासो पोख्दै यसले नकारात्मक प्रभाव पारेको बताएकी छन् ।

उनले कलाकार भएपछि पात्रलाई जीवन्त राख्न विभिन्न चरित्र निर्वाह गर्नुपर्ने बताइन् । त्यसैलाई कलाकारको वास्तविक जीवनमा भएको आशय दिने भ्रामक हेडलाइन राख्दा पनि समस्याहरु आउने गरेको बताइन् । उनका अनुसार यस्ता क्रियाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ ।

यस्तो प्रचलनप्रति आफ्नो असहमति रहेको उनले बताइन् । उनले भनेकी छिन्, ‘म अभिनीत मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जीवनसंँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्ति जनक छ ।’

यसले आफ्नो जीवनमा यसले नकारात्मक प्रभाव पारेको बताउँदै यस्ता क्रियाकलाप प्रति प्रेस काउन्सिललाई ध्यानाकर्षण गराउन चाहेको उनले सुनाइन् ।