‘मातृशक्ति जस्तै पुरुष इमान्दार भए समाज रुपान्तरण हुने’ « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

‘मातृशक्ति जस्तै पुरुष इमान्दार भए समाज रुपान्तरण हुने’


यलम्वर टाइम्स
११ चैत्र २०७९, शनिबार ०३:३१

रातेखाल । उपसभामुख इन्दिरा रानाले मातृशक्ति इमान्दार भए जस्तै पुरुष शक्तिहरु पनि इमान्दार भएर अगाडि बढे समाज मात्र होइन देश नै रुपान्तरण हुनेमा दुइमत नरहने बताइन् ।

अर्जुनधारा–४ स्थित विन्ध्यवासिनी मन्दिरको सातौं अनुष्ठान उद्घाटन गर्दै प्रमुख अतिथि रानाले देशको निर्णायक स्थानमा आफू रहेर मुलुकलाई हेर्दा इमान्दारिताको पाटोमा राज नेताहरु प्रश्न चिन्हमा रहेको बताउँदै मुलुकलाई हरेक कुरामा अगाडि बढाउन र नेपाली जनतालाई सुशासनको प्रत्याभूति दिलाउन इमान्दारिता आवश्यक रहेको बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि भागवत मञ्जरी राधिका दासीले अनुष्ठान आफैमा मार्ग निर्देशक हुने आध्यात्मिक पाटो भएको हुँदा मातृशक्ति मात्र नभइ पुरुषशक्ति पनि अनुष्ठानमा सहभागि हुन अनुरोध गरिन् ।

वडा नं. ४ का अध्यक्ष अम्बर कटुवाल, खेम काफ्ले, शिवलाल खतिवडा, तुलसी खतिवडा भोला परियार, देविभक्त श्रेष्ठ, एकदेव खनाल, नेत्र गुरागाई, जग्गा दाता चन्द्रकला जोशी, प्रेम कार्की लगायतको आतिथ्य रहेको थियो । मनोज जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।