बहुलवाद राष्ट्र निर्माण सम्बन्धि प्रशिक्षण चल्दै « Yalambar Times
१ बैशाख २०८१, शनिबार

बहुलवाद राष्ट्र निर्माण सम्बन्धि प्रशिक्षण चल्दै


यलम्वर टाइम्स
२४ चैत्र २०७९, शुक्रबार १३:२१

चारआली । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचानको नामबाट जनमत सिर्जना गरे पनि पूर्वका किरातीहरुलाई धोका दिएको बताएका छन् ।

पहिचान पक्षद्दर ६ घटकद्वारा झापाको चारआली स्थित चुम्लुङ भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केपी पालुङ्वाले लोकतन्त्रमा मात्र होइन पञ्चायतदेखि बहुदलसम्म आदिवासी जनजातिलाई झुक्याइरहे लोकतन्त्रमा पनि झुक्याएको बताए । पालुङ्वाले एकता र आन्दोलनका विषयमा आफ्ना भनाइ राखेका थिए ।

अर्का नेता सञ्जुहाङ पालुङ्वाले बहुलवाद र राष्ट्र विद्रोहको विषयमा प्रशिक्षण प्रदान गर्दै गाउँका जनता सचेत नभइञ्जेल ठूला दलले धोका दिइरहने बताए । प्रशिक्षणमा पूर्व क्षेत्रका एक सय ७ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणपछि अन्तरक्रियामा अधिकांश सहभागिले संगठनलाई सशक्त बनाएर प्रदेश नामाङ्कनको विषयमा एउटै नाम लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

शनिबार हुने कार्यक्रममा रामु परियार, एलब पालुङ्वा, विष्णु थाङदेन, पदम जवेगु, लासिम लगायतले प्रशिक्षण दिने भएको जनाएका छन् ।