सकियो ‘वानर सेना’ को छायांकन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सकियो ‘वानर सेना’ को छायांकन


यलम्वर टाइम्स
२४ बैशाख २०८०, आईतवार ०६:४२

अर्पण गिरीद्वारा निर्देशित चलचित्र ‘वानर सेना’ को छायांकन सकिएको छ ।

रामायण कथामा आधारित चलचित्रमा निर्देशक गिरीसँगै आर्जु प्रसाईको मुख्य भूमिका रहेको छ ।

गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको सो चलचित्रबाट उनीहरुले डेब्यु गर्न लागेका हुन् ।

रामायणमा हालसम्म नखुलाइएका विषयलाई कथाबस्तु बनाएर तयार परिएको निर्माण पक्षको दाबी छ । यो चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।

चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका हुन् । चलचित्र निर्माणकर्ता युवराज निर्देशक अर्पणका बुवा हुन् ।

यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् ।

रामानन्द सागरले लेखेको रामायणमा देखाइएको जस्तो कथावस्तु यो चलचित्रमा नरहने र रामायणमा लुकेका पक्षलाई समेटेर चलचित्र तयार गरिएको निर्माता युवराजको दावी छ ।

यो चलचित्रमा रामायणमा जस्तो राम, लक्ष्मण, सीता, हनुमानको क्यारेक्टर नहुने र मोर्डन जमानालाई प्रतिनिधित्व गर्दै चलचित्र तयार गरिएको निर्माण पक्षको दावी छ ।

उनले भने– रामायणकालीन समयको जस्तो यो चलचित्र छैन तर, राम र रावणको क्यारेक्टरलाई जनाउन खोजिएको छ ।

चलचित्र चक्रघट्टी, रामधुनी, राजावास, जनकपुर, उदयपुर, कोसी लगायतका क्षेत्रमा छायङ्कन गरिएको छ ।

चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी,युवराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र आगामी असोजसम्ममा प्रर्दशनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।