अर्जुनधाराका हात्ती प्रभावित क्षेत्रमा १० थान हात्ती धपाउने गन र लाईट प्रदान « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधाराका हात्ती प्रभावित क्षेत्रमा १० थान हात्ती धपाउने गन र लाईट प्रदान


यलम्वर टाइम्स
३ जेष्ठ २०८०, बुधबार ०७:३७

अर्जुनधारा । अर्जुनधारा नगरपालिका भित्रका हात्ती प्रभावित क्षेत्रमा रहेका स्थानीयलाई सहयोग पु¥याउने उद्देश्यले १० थान हात्ती धपाउन प्रयोग गरिने गन र १० थान लाईट प्रदान गरिएको छ ।

अर्जुनधारा नगरपालिकाले वडा नम्वर १, २ , ३ र ४ लाई दुई÷दुई वटा र ८ र ११ नम्वर वडालाई १÷ १ वटा हात्ती धपाउन प्रयोग गरिने गन प्रदान गरेको हो ।

त्यस्तै उज्यालो नेपाल बर्दियाले ग्रिन जेनेरेसन मेचीनगर ४ झापाको संयोजनमा अर्जुनधारा नगरपालिकामा हात्ती धपाउन प्रयोग गरिने १० वटा टर्चलाइट वितरण गरेको हो ।

योसँगै वुद्धशान्ति गाउँपालिका, शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकालाई पनि १०÷१० वटा हात्ती धपाउन प्रयोग गरिने टर्च लाइट वितरण गर्न लागेको बताइएको छ ।

अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रमकाबीच उक्त सामग्री प्रदान गरिएको मेचीनगर वडा नम्वर ४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले सम्बन्धित वडाका हात्ती प्रभावितलाई सो सामग्री हस्तान्तर गरेका हुन् ।

यता उज्यालो नेपालको हात्ती नियन्त्रण अभियान अन्तर्गत ग्रिन जेनेरेसन झापाले १० वटा टर्च नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

सोही कार्यक्रमकाबीच पूर्व वार्डेन संरक्षण अभियान वर्दियाका रमेशकुमार थापाले हात्ती प्रभावित क्षेत्रका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका उप–प्रमुख खड्गमाया पराजुली, उज्यालो नेपाल बर्दियाका अध्यक्ष नवराज न्यौपाने, फिल्ड इञ्चार्ज बन्य जन्तु संरक्षणका शंकर लुइटेल, ग्रिन जेनेरेशनका सचिव मञ्जिल देवान, द्रुत उद्धार ढल मेचीनगर ४ का विश्वास विश्वकर्मा, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीलगायतको उपस्थिति रहेको थियो ।

नेपालका २४ जिल्लामा हात्ती पाइने गरेको सोही कार्यक्रममा बताइएको छ । नेपालमा पाइने हात्ती एशियन प्रजातिका रहेको बताइएको छ ।

झापा, मोरङ र सुनसरीमा गरी जम्मा एक सय भन्दाबढी हात्ती बस्तै आएको कार्यक्रममा जानकारी दिइयो ।