‘पहिचानलाई अब कसैले छेक्न सक्दैन’ « Yalambar Times
१६ असार २०८२, सोमबार

‘पहिचानलाई अब कसैले छेक्न सक्दैन’


यलम्वर टाइम्स
५ जेष्ठ २०८०, शुक्रबार ११:३४

सालबारी । सभ्यतासँग जोडिएर आएको प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्नु दुःख लाग्दो भएको बताउँदै अब पहिचानलाई कुनै पनि शक्तिले छेक्न नसक्ने उपस्थित वक्ताहरुले बताएका छन् ।

बिहीबार सालबारीको साकेला थानमा उभौली उत्सव मनाइरहेको बेला उपस्थित पहिचान पक्षवादीहरुले कोशी प्रदेश स्वीकार्य नभएको बताउँदै पहिचानलाई विरोध गर्ने जो कोही बढारिएर जाने बताएका थिए ।

उभौली उत्सवमा प्रमुख अतिथि किरात राई यायोक्खा झापाका बरिष्ठ उपाध्यक्ष केवलराम राईले आदिम इतिहास किरातीको जगमा बनेको हुँदा फरन्तेको राज चल्दैमा पहिचनावादीहरुलाई धोका दिनु नहुने बताए ।

जुन बेला तिथि, मिति थिएन, त्यो बेला किरात सभ्यताको जगमा राज्य चल्दा उधौली र उभौलीको तिथि मिलाई प्राकृतिक मानवतालाई चलाउन सहज बनाएको थियो । त्यही प्रकृति पूजकले आज अन्न मानव जीवनको लागि उपयोगी भनेर यहाँसम्म ल्याउँदा तिनै जातिमाथि बज्रपात गर्नु पहिचानवादीहरुलाई सैय नहुने बताए ।

कार्यक्रममा अग्रज पत्रकार दिपीन राईले भारतको मुडे पात्रोमा पनि भारतको उत्तर–पूर्व किरात प्रदेश भनेर लेखिएको इतिहास रहँदारहँदै पनि कौशी ऋषिका पुत्रको नामबाट कोशी नाम राखिनु पूर्वका किरातीहरुलाई अपमान गरेको आरोप लगाए ।

कार्यक्रममा अर्जुनधारा ९ का वडाध्यक्ष भीष्म मिश्र, महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, किरात विद्यार्थी संघ झापाका सदस्य आयुष राई, यायोक्खाका क्या. शिवकुमार राई लगायतले मन्तव्य राखेका थिए ।