परम्परागत मदिरालाई मान्यता प्रदान गर्न तीन सांसदको प्रतिवद्धता « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

परम्परागत मदिरालाई मान्यता प्रदान गर्न तीन सांसदको प्रतिवद्धता


यलम्वर टाइम्स
८ जेष्ठ २०८०, सोमबार ०९:१४

अर्जुनधारा । कोदोको रक्सी प्रवद्र्धन समिति प्रदेश नं. १ ले कांग्रेसका तीन सांसदलाई एकै ठाउँमा उभ्याएर ऐनलाई संसोधन गरी परम्परागत मदिरालाई मान्यता प्रदान गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति तथा संसदीय दलका नेता उद्धव थापा, भोजपुर जिल्ला सभापति तथा सांसद विनोद राई र नेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रदिप सुनुवारलाई ज्ञापनपत्र स्मरण गराउँदै आग्रह गरिएको हो ।

प्रवद्र्धन समितिका संयोजक टेक खजुमले प्रदेशका लागि मात्र नभई देशकै आयआर्जनको मुख्य स्रोत मदिरा भएको हुँदा घरेलु मदिरालाई ब्राण्डिङ गरी विदेशमा निर्यात गर्न सके राम्रो हुने बताए ।

प्रवद्र्धन समितिका सदस्य सरु सिङ्गकले नेपालमा मात्रै करोडौं रकमको मदिरा आयात भएको बताउँदै भारतबाट त्यतिकै मात्रामा कोदो खरिद गर्नुपरेको तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।

करिब एक सय पेजको योजना र नीति पुस्तक पेश गर्दै मदिरा ऐन संशोधन गरी अगाडि बढाउन बुद्धिजीवि तथा प्रवद्र्धन समितिका सदस्य देशु वनेमले अनुरोध गरे ।

योजना तथा नीति पुस्तक बुझ्दै परम्परागत घरेलु मदिरालाई ऐनमा संशोधन गरी अगाडि बढाउने प्रतिवद्धता सहभागि तीन सांसदले गरेका थिए ।