कालोपत्रे बनाउँदैः अर्जुनधारा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

कालोपत्रे बनाउँदैः अर्जुनधारा


यलम्वर टाइम्स
८ जेष्ठ २०८०, सोमबार १०:३५

विकासका काममा कछुवा गति भए पनि दीर्घकालिन र देखिने काममा अर्जुनधारा नगरपालिका लम्किदै गरेको नगरमा भएको गतिविधिले प्रस्ट्याएको छ । प्रत्येक वडामा योजना छानिएका स्थानहरुमा यो वर्ष बाक्लै ढंगबाट कालोपत्रे भएका छन् । सानो रकमबाट उपयोगी र देखिने काममा लम्कदा अर्जुनधाराका धेरै क्षेत्रमा कालोपत्रे बिछ्याउने काम भयो ।

गुणस्तरीय कालोपत्रे बनाउका लागि जहाँ–जहाँ काम हुन्छ, त्यस स्थानमा नगर प्रमुख उभिएको हामी पाउँछौं । राम्रै कामका लागि यसरी खटिदा दीगो काम हुन्छ भने जस्तो सुकै समयमा पनि आफू उपस्थिति हुने अर्जुनधाराका नगर प्रमुखले प्रतिक्रिया दिए । उनीसँगै प्राविधिक कर्मचारीलाई पनि खटाउने गरेको पाइन्छ ।

अर्जुनधारा नगरले गर्नुपर्ने धेरै काम बाँकी नै छ । नहर, सिचाईंदेखि खोला तटबन्धनसम्म रहेको हुँदा यसै वर्षबाट त्यसतर्फ पनि केन्द्रीत हुने नगर प्रमुखको भनाई छ । बेलैमा कृषकहरुलाई आवश्यक सामग्रीदेखि बर्खायामको विपद्लाई समेत ध्यान दिनुपर्ने भएको हुँदा नगरपालिका त्यसतर्फ सचेत रहेको पनि बताइयो । नगरले सडक निर्माणमा विश्वास गरेर वडाका जनप्रतिनिधिहरुलाई कामको थालनी दिए पनि कतिपय ठाउँमा भने जस्तो बाटो निर्माणमा समस्या आएको पनि छ । ढिलै भए पनि राम्रो काममा इमान्दारीताका साथ खट्न सके त्यो नै जनप्रतिनिधिहरुको लागि उत्तम कार्य हुनसक्छ । इमान्दारीतालाई साथमा राखी नगरका जनप्रतिनिधिहरु जनताको पक्षमा खटे सिंहदरबार वडामा आएको महशुस हुनेछ । नगर प्रमुख बलदेवसिंह गोम्देनले प्रतिक्रिया दिँदै भने, ‘त्यसतर्फ वडा सरकार इमान्दारीता हुन जरुरी छ ।’