यशोद निरौला स्मृति प्रतिष्ठानद्वारा ह्वील चियर वितरण « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

यशोद निरौला स्मृति प्रतिष्ठानद्वारा ह्वील चियर वितरण


यलम्वर टाइम्स
८ जेष्ठ २०८०, सोमबार ११:४०

बिर्तामोड । यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड– ५ झापाले अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरेको छ ।

बिर्तामोड स्थित पाथिभरा टोलमा रहेको जेष्ठ नागरिक सभाहलमा यशोदा निरौलाको आठौं स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले अपांगता भएका १० जना व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रतिष्ठानका बयोबृद्ध तथा संरक्षक प्रेमप्रसाद निरौलालले संयुक्त रुपमा ह्वील चियर वितरण गरेका हुन् ।

प्रतिष्ठानले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट प्राप्त रकमले प्रत्येक बर्ष असाहय, विपन्न नागरिकलाई सहयोग गर्दै आइरहेको प्रतिष्ठानका सचिव तथा स्व.यशोदा निरौलाका श्रीमान रमेश निरौलालले जानकारी दिए ।

उनले स्वर्गिय श्रीमतीको स्मरण सदैव अविष्मरणीय बनाउनकालागि पनि प्रतिष्ठान स्थापना गरिएको र त्यसको माध्यमबाट सामाजिक तथा धार्मिक संघ÷संस्थालाई सहयोग गर्दै आएको बताए ।

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तामाङ, सञ्चारकर्मी कुमार भट्टराई, महिला उद्यमी संघ झापाकी अध्यक्ष सुश्मा भण्डारी पौडेल, जेष्ठ नागरिक सभाहल निर्माण उपभोक्ता समितिका संयोजक नारायणप्रसाद चिमरिया, पाथिभरा टोल सुधार संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटी, पाथिभरा टोल सुधार संस्था जेष्ठ नागरिक समुहका अध्यक्ष भवानीप्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अर्जुनधारा–७ का टेकबहादुर राई, १० का सत्यनारायण चौधरी, ९ का सन्तोष राजवंशी र दलबहादुर कार्की, ६ का युदेन लिम्बु, बिर्तामोड –६ का सुनिता शर्मा, २ का पुकार राजवंशी, १० का सोमबहादुर लिम्बु र कनकाई–७ का झकडबहादुर दर्जी लगायतलाई करीब एक लाख रुपैयाँ मुल्य बराबरको ह्वील चियर वितरण गरिएको प्रतिष्ठानका संस्थापक सदस्य तथा स्वर्गिय यशोदाका आफन्त पुष्प आर्चायले जानकारी दिए ।

संस्थापक अध्यक्ष बिष्णुकुमार निरौलाले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि अपाङ्ग समाज अर्जुनधाराका अध्यक्ष खेम रेग्मीले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन समाजसेवी पण्डीत भिम नेपालले गरेका थिए ।