शनिश्चरेमा कोशी प्रदेश विरुद्ध यायोक्खाको सांस्कृतिक आन्दोलन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

शनिश्चरेमा कोशी प्रदेश विरुद्ध यायोक्खाको सांस्कृतिक आन्दोलन


यलम्वर टाइम्स
१४ जेष्ठ २०८०, आईतवार ०७:२९

अर्जुनधारा । कोशी प्रदेशको विरूद्धमा किरात राई यायोक्खा अर्जुनधाराले शनिबार शनिश्चरे चोकमा साकेला सिली प्रदर्शन गरेको छ ।

प्रदेश नं. १ को नाम कोशी स्वीकार्य नहुने भन्दै यायोक्खा अर्जुनधाराले सांस्कृतिक आन्दोलन स्वरुप शनिश्चरे चोकमा साकेला सिली प्रदर्शन गरेको सचिव सिंहबहादुर राईले बताए ।

खसीहट्टीबाट ढोल, झ्याम्टा बजाउँदै किरात राई जातिको पहिरनमा सजिएर निस्किएको र्याली शनिश्चरे चोकमा आएर साकेला सिलीमा परिणत भएको थियो ।

कोशी प्रदेशमा क्रस गरिएको व्याच लगाएर साकेला नाच्दै किरात राई यायोक्खा अर्जुनधारा सांस्कृतिक आन्दोलनमा अघि बढेको सदस्य राज खालिङले जानकारी दिए ।

यायोक्खा अध्यक्ष बिजय राईको नेतृत्वमा आएको र्यालीले करिब १० मिनेट साकेला सिली प्रदर्शन गरेको थियो ।