आफ्नै पार्टीबाट अपमानित भएको पूर्व मन्त्री तावाको आरोप « Yalambar Times
८ बैशाख २०८१, शनिबार

आफ्नै पार्टीबाट अपमानित भएको पूर्व मन्त्री तावाको आरोप


यलम्वर टाइम्स
२० जेष्ठ २०८०, शनिबार ०१:२०

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छिन् ।

जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएको बताइन् ।

पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले दावी गरिन् ।

पहिचानवादी पक्षबाट आफ्नो चरित्र हत्या गरेको बताउँदै उनले सरकारमा बसेर पहिचानको मुद्दा उठाउँदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन् ।

आइतबार विराटनगरमा पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।

मन्त्री तावाले विशेष गरी आफ्नै पार्टीभित्र र केही आफ्नै जातिभित्रका उच्छृङ्खल व्यक्तिहरुबाट आफू अपमानित र बदनाम गरेको हुँदा त्यस्तालाई कारवाही गर्न पत्रकारमार्फत पार्टीमा आग्रह गरे ।