कांग्रेस र एमालेबाट रास्वपामा जानेको संख्या बढ्यो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस र एमालेबाट रास्वपामा जानेको संख्या बढ्यो


यलम्वर टाइम्स
२० जेष्ठ २०८०, शनिबार ०३:११

[भीम बराल]

सालबारी । राष्ट्रिय स्वातन्त्र पाटीको अर्जुनधारा नपा वडा ९ को सभापतिमा विजय कुवँर निर्वाचित भएका छन् ।

सालबारी स्थित भुवनेश्वर मन्दिर परिसरमा भएको भेलाले कुँवरलाई निर्वाचित गरेको हो । पार्टी सभापतिमा कुँवरसँगै युवराज प्रसाईको उम्मेद्वारी परेको थियो ।

प्रसाईलाई पछि पार्दै कुवँर निर्वाचित सभापति भएका हुन् । अन्य पद भने सर्वसम्मत चुनिएका छन् । समितिको उपसभापतिमा सरीता मिश्र, सचिव डिल्लीराम बास्कोटा सहसचिवमा यसनाथ खतिवडा चयन भएका छन् ।

रास्वपा वडा ९ का समंयोजक भक्त गोदार थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति झापा जिल्ला समंयोजक उमेश खरेल रहेका थिए ।

कार्यक्रममा क्षेत्रीय प्रतिनिधिहरु कमल मोहन उप्रती, सिर्जन अधिकारी, अर्जुनधारा संयोजक टीआर गौतम लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कांग्रेस र एमालेबाट ३० जना बढीले नयाँ सदस्यता लिएका थिए । झापामा नेपाली कांग्रेस र नेकपा एमालेबाट रास्वपामा आउनेहरुको संख्या बढेको युवराज प्रसाइले बताए ।