सौर्य एयरलाइन्सको अफरः ‘आईएमई पे’मार्फत टिकट लिए चन्द्रागिरि केबलकार फ्रि « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सौर्य एयरलाइन्सको अफरः ‘आईएमई पे’मार्फत टिकट लिए चन्द्रागिरि केबलकार फ्रि


यलम्वर टाइम्स
३२ जेष्ठ २०८०, बिहीबार ०८:४६

झापा । ‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले अब चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने भएका छन् ।

सौर्य एयरलाइन्सले आफ्ना सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएपछि सो अवसर पाएका हुन् ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको जानकारी दिए ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने अध्यक्ष पोख्रेलले बताए ।

झापाको भद्रपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट सौर्यको जहाज चढेर काठमाडौं पुगेका यात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले बताए ।

झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिक काममा सक्रिय रहेका छन् ।