वानर सेनाको टिजर सार्वजनिक « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

वानर सेनाको टिजर सार्वजनिक


यलम्वर टाइम्स
३ असार २०८०, आईतवार ०८:१५

नेपाली कथानक चलचित्र वानर सेनाको शुक्रबार टिजर सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अपरान्ह ३ बजे चलचित्र वानर सेनाको टिजर सार्वजनिक गरिएको चलचित्रका निर्माता युवराज गिरीले बताए ।

विजया दशमीको अवसर पारेर प्रर्दशनको तयारी गरिरहेको वानर सेनाको छायङ्कन सम्पन्न गरेको थियो ।

अर्पण गिरीले निर्देशन गरेको यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको छ ।

चलचित्र रामायण बेसमा आधारित रहेर तयार पारिएको निर्माण टिमले जानकारी दिएको छ । यो चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका हुन् ।

चलचित्र निर्माणकर्ता युवराज निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् ।

क्यानडाको विनिवेगमा बसेर चलचित्र सम्बन्धी अध्ययन गर्दै चलचित्र निर्माणका लागि मात्रै तीन वर्ष रिसर्च गरेका अर्पणले रामायण बेसमा यो चलचित्र तयार पारेको बताइएको छ ।