हाइपर मार्केटको चौथो वर्ष: ग्राहकलाई निःशुल्क पेट्रोल « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

हाइपर मार्केटको चौथो वर्ष: ग्राहकलाई निःशुल्क पेट्रोल


यलम्वर टाइम्स
२० असार २०८०, बुधबार ०८:४२

झापा । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ ।

मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसँगै ग्राहकलाई निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए ।

बाह्रदशी गाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामान खरिदका लागि आउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको हो ।

टाढाबाट आउने ग्राहकलाई तीन हजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामान खरिदमा एक लिटर पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको हो ।

ग्रामीण क्षेत्रमा रहेर एउटै छानामुनि सबै प्रकारका सामग्री उपलब्ध गराउदै आएको हाइपर मार्केटले सुलभ र गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको छ ।

औषधि बाहेकका सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने भएपछि ‘एभरेष्ट हाइपर मार्केट’ सबैको रोजाइमा पर्ने गरेको छ ।

यसअघि ‘सस्तो बजार’ का नामबाट दक्षिणी क्षेत्रका सर्ब साधारणलाई सरल र सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको हाइपर मार्केटले हरेक सामग्री खरिमा विशेष अफरको आयोजना गर्दै आएको छ ।

घरमा प्रयोग गरिने खाद्यन्यदेखि लत्ताकपडासम्मका सामग्रीको खरिदमा विशेष छुट उपलब्ध गराएर जिल्लामै सस्तो सामग्री विक्री केन्द्रका रुपमा चिनिएको हाइपर मार्केटले छोटो समयमा ग्राहकको मन जितेको मार्केट सञ्चालक महमदको दाबी छ ।

मार्केट स्थापनाको चार वर्ष प्रवेशसँगै ग्राहकको सुविधालाई मध्यनजर गर्दै पेट्रोल फ्रि गरिएको सञ्चालक महमदको भनाई छ । मार्केटले उपलब्ध गराउदै आएको सेवालाई ग्राहकले औधि मन पराएको र उनीहरुका लागि समेत मार्केटका तर्फबाट उपहार स्वरुप एक लिटर पेट्रोल दिने अभियान सञ्चालन गरेका हौं, उनले भने ।