थापाले लिए मुख्यमन्त्रीको शपथ, लामो समय टिक्न राप्रपालाई साथ लिनुपर्ने « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

थापाले लिए मुख्यमन्त्रीको शपथ, लामो समय टिक्न राप्रपालाई साथ लिनुपर्ने


यलम्वर टाइम्स
२४ असार २०८०, आईतवार ०३:५८

बिराटनगर । गठबन्धन दलबाट कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन् ।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसद एवम् समाभुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर उनी लामो समयसम्म मुख्यमन्त्री बन्ने हो भने राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्नुपर्ने देखिन्छ । तर राप्रपा त्यति सजिलै थापालाई स्वीकारेर जाने पक्षमा देखिदैन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी ओलीको गहिरो साठगाठका कारण थापा मुख्यमन्त्री भए पनि लामो समय टिक्न भने नसक्ने अवस्था छ ।