प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, विभिन्न राजनीतिक दलबाट दुःख व्यक्त « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, विभिन्न राजनीतिक दलबाट दुःख व्यक्त


यलम्वर टाइम्स
२७ असार २०८०, बुधबार ०९:४९

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बुधबार निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा उनको निधन भएको हो ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा शर्माले जनाएका छन् । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।

सीता दाहालको निधनप्रति छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न राजनीतिक दलले दुःख व्यक्त गरेका छन् ।