याक्थुङ आइडलमा को–को छानिए ? « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

याक्थुङ आइडलमा को–को छानिए ?


यलम्वर टाइम्स
९ श्रावण २०८०, मंगलवार १२:२६

बिर्तामोड । गायक तथा संगीतकार ब्रासेस मावोहाङले याक्थुङ आइडल कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

याक्थुङवाहरुको कला संस्कृति, ख्याली हाक्पारेलाई जीवन्त राख्न अमर कृति म्युजिक प्रा.लि.ले याक्थुङ आइडल सञ्चालनमा ल्याएका हुन् ।

एक महिनायताबाट प्रतियोगिता गर्दै फाइनल कार्यक्रम गर्न सफल याक्थुङ आइडल झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा आयोजना भइरहेको छ ।

आइडलमा आसाम, सिक्किम, दार्जिलिङ लगायत १ नं. प्रदेश भरीका कलाकारहरुको सहभागिता रहेको छ ।

सहभागितालाई छनौट गर्नका लागि प्रमोद लिम्बू, सञ्चमान लिम्बू, गंगा लिम्बू रहेका छन् । उनीहरु याक्थुङ कलाकार संघका उच्च ओहोदाहमा बसेर आफ्नो कला प्रस्तुत गरिसकेका सफल प्रशिक्षक रहेका अध्यक्ष ब्रासेस मावोहाङले जानकारी दिए ।

छनौटमा उदय बेघा पाँचथर, आइतहाङ लिम्बू सिक्किम, भीमराज लिम्बू सिक्किम, रोश्नी लिम्बू सिक्किम, सिंहहाङ लिम्बू सिक्किम, हरिचन्द्र लिम्बू मोरङ, अञ्जना लिम्बू सिक्किम, ताराबीर लिम्बू आसाम, दिलीप माखिम लिम्बू पाँचथर, भिमहाङ लिम्बू सिक्किम, सबिना लिम्बू इलाम, शाहिल लिम्बू सिक्किम, बिक्रम येक्तेन इटहरी, नामोती लिम्बू सिक्किम, बीबी शेर्मा लिम्बू पाँचथर, आशिष लिम्बू दार्जिलिङ रहेका छन् ।

अमर कृति म्युजिक प्रा.लि.ले गरेको कार्यको प्रशंसा गर्दै कलाकार टुकेन्द्र येक्तेनले सबै क्षेत्रबाट आयोजकलाई साथ र सहयोगको खाँचो रहेको हुँदा सहयोग गर्न अनुरोध गरेका थिए ।

महिला नेतृ सरु सिंगकले यस्ता खाले आइडलबाट कला संस्कृति जगेर्नामा मद्दत पुग्ने प्रतिक्रिया दिए ।

कार्यक्रममा फोनिजका पूर्व उपाध्यक्ष दिपीन राईले याक्थुङवाहरुको भाव कलामार्फत बजारमा आउनु इतिहास जीवन्त रहने प्रतिक्रिया दिएका थिए ।