शंकर अस्पतालमा योग शिविर « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

शंकर अस्पतालमा योग शिविर


यलम्वर टाइम्स
११ श्रावण २०८०, बिहीबार ०८:१६

[दीपसन राई]

अर्जुनधारा । स्वास्थ्य जीवनको पहिलो आधार योग भन्ने उद्देश्यले शंकर अस्पताल प्रा.लि.ले एक दिवसीय योग शिविर सञ्चालन गरेको छ ।

मानिस घरैमा बसेर स्वास्थ्य लाभ लिन सक्ने उद्देश्यले शिविरको आयोजना गरिएको थियो । औषधीको भरमा बस्दा मानिसहरु अझ रोगले ग्रसित हुने हुँदा औषधी सेवनमा लाग्नुभन्दा पहिला योगमा लाग्न शिविरले सुझाव दिएको थियो ।

अस्पतालका प्रबन्धक सुजन शिवाकोटीले योग र ध्यान मानिसलाई आवश्यक पर्ने हुँदा जनजागरणका लागि पनि शिविर गरिएको बताए ।

योग साधना शिविरमा अन्तर्राष्ट्रिय योगा प्रशिक्षक श्रेया भण्डारीले शिविर सञ्चालन गर्दै मानिसको आयु बढाउने र स्वस्थ रहने पहिलो साधना नै योग भएको हुँदा अब प्रत्येक घरका मानिसहरु योगा गर्न आवश्यक रहेको बताइन् ।

ऋषिमुनीले गरेको योगा र तपस्याबाटै संसार बदल्न सफल भएको सन्देश पनि प्रशिक्षक भण्डारीले बताइन् । शिविरमा स्थानीय तथा बाह्यका गरी ५० बढीको सहभागिता रहेको प्रबन्धक शिवाकोटीले जानकारी दिए ।

शिविरमा सहारा नेपालका छविलाल शिवाकोटी, शनिश्चरे आयुर्वेदका प्रमुख अनिल ठाकुर, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, पत्रकार टिकाराम नेती, डा. सन्तोष यादव, डा. सत्यनारायण यादव, कुमार खड्का लगायतले शिविरको महत्वका विषयमा आफ्ना धारणा राखेका थिए ।

अस्पतालले यसअघि रक्तदान, ट्राफिक जनचेतना अभियान, ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सस्तो र भरपर्दो सेवा प्रदान गर्न अस्पताल लागिपरेको समेत प्रबन्धक शिवाकोटीले सञ्चारकर्मीहरुलाई बताए ।