तपाईको यो साता (२०८० साउन १३ गते शनिबार) « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

तपाईको यो साता (२०८० साउन १३ गते शनिबार)


यलम्वर टाइम्स
१३ श्रावण २०८०, शनिबार ००:५९

मेषः यो साता समय राम्रो रहेको छ । विद्यार्थी वर्गमा पठनपाठन राम्रो हुनेछ । नयाँ ठाउँको भ्रमण हुने देखिन्छ । व्यापार वृद्धि र लगानी सफल हुनेछ । मंगल शुभ रहेको हुँदा भूमिको व्यापार शुभ हुने देखिन्छ । शुभ रंग रातो र खैरो, अंक १ र ५ ।

वृषः यो साता समय उत्तम रहेको छ । धन लाभ, वैदेशिक यात्रा सफल हुनेछ । मित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा गढबढी होला । पेट र मिर्गौला सम्बनिध समस्या हुने देखिन्छ । वाणीमा संयम गर्नुहोस् । शुभ रंग सेतो र अंक ७, ५ हो ।

मिथुनः शारीरिक कष्ट रहला । नशा र वाथ प्रवृत्ति बढ्ने देखिन्छ । सोमबारदेखि समय शुभ हुनेछ । हनुमान चालिसा पाठ गर्नुहोस् । रत्न, किरानामा लगानी गर्दा उन्नति होला । पैतृक सम्पत्तिको विवाद सुल्झिनेछ । शुभ रंग हरियो, पहेलो र अंक ६ ।

कर्कटः मध्यम समय रहेको छ । अचानक धनको लाभ हुनेछ । शत्रु पछाडीबाट हानी पुर्याउन कोशिस गर्नेछन् । अढैया शनिका कारण विवाद, झैझगडा, मनमुटाव आदि हुन सक्नेछ । ऋणबाट सावधान रहनुहोस् । शुभ रंग सेतो, गुलाबी र अंक ४, ९ ।

सिंहः काममा मन लाग्नेछ । प्रशस्त धन कमाउने योग रहेको छ । व्यापार वृद्धि, होटल व्यवसायमा लाभ, भूमिको कारोबारमा वृद्धि हुनेछ । पुरानो रोकिएको काम बन्ने समय छ । घाँटी र पिठ्युँको समस्या हुन सक्छ । शुभ रंग रातो र अंक ५ ।

कन्याः ठूला कर्मचारी अधिकारीबाट सहयोग प्राप्त हुनेछ । धन लाभ, वैदेशिक रोजगारी शुभ छ । धन सञ्चय, निर्माणका काम पूरा हुनेछन् । घरमा मांगलिक कार्य हुने देखिन्छ । आफन्तबाट सहयोग मिल्नेछ । शुभ रंग हरियो, सेतो र अंक ६, ३ ।

तुलाः रत्नको व्यापार गर्दा शुभ रहेको छ । किरानाका व्यापारीहरुलाई लाभ हुनेछ । पतिपत्नीको सम्बन्ध मधुर होला । सन्तानबाट सुख प्राप्ति, सरकारी कर्मचारीहरुको पदोन्नति हुने देखिन्छ । मंगलबारबाट शुक्रबारसम्म सचेत रहनुहोला ।शुभ रंग सेतो र अंक ७, १ ।

वृश्चिकः मेहनत बढी गर्नुपर्ने देखिन्छ । नयाँ व्यापारको संयोग हुनेछ । ठेकेदारी, कोइला, फलामको काम र भूमिको व्यवसाय राम्रो रहेको छ । हनुमानको पूजा गरी लड्डु चढाउनुहोस् । प्रेममा विजय प्राप्त हुनेछ । सन्तानबाट उदासिनता रहनेछ । शुभ रंग रातो र अंक ८, २ ।

धनुः मेहनत बढी गर्नुपर्ने देखिन्छ । नयाँ व्यापारको संयोग हुनेछ । ठेकेदारी, कोइला, फलामको काम र भूमिको व्यवसाय राम्रो रहेको छ । हनुमानको पूजा गरी लड्डु चढाउनुहोस् । प्रेममा विजय प्राप्त हुनेछ । सन्तानबाट उदासिनता रहनेछ । शुभ रंग रातो र अंक ८, २ ।

मकरः आम्दानी प्रशस्त हुनेछ । व्यापारमा फलामको पार्टस्हरुको व्यापार शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेसर रोगीहरुले सावधान रहनुपर्नेछ । मनमा खिन्नता बोध हुनेछ । अचानक आइतबारबाट धन प्राप्तिको योग हुनेछ । शुभ रंग कालो, निलो र अंक ७, ४ ।

कुम्भः कमाएको धन खर्च हुनेछ । व्यर्थको चिन्ता, भयले सताउनेछ । ऋण र सत्रु बढ्ने देखिन्छ । मंगलबारदेखि शनिबारसम्म ग्रहगोचर प्रवल भएसँगै राम्रो हुनेछ । भरोसा गर्दा धोका होला । ऊन, फलाम, रुइ आदिको व्यापारमा फाइदा हुनेछ । शुभ रंग ध्वासे, कालो र अंक १ र ८ ।

मीनः शनि साढे सातीका कारण मनमा क्रोध हुनेछ । आफन्तजनबाट टाढिने समय रहेको छ । सत्रु प्रबल हुनेछन् । चोटपटकबाट सावधान रहनुहोला । हनुमानको पूजा गरी ऊँ हं हनुमते नमः मन्त्र एक हप्ता जाप गर्नुहोस्, शुभ हुनेछ । शुभ रंग पहेलो, रातो र अंक ५ र ९ ।