शनिश्चरेमा अनुगमन खोई ? « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

शनिश्चरेमा अनुगमन खोई ?


यलम्वर टाइम्स
२१ श्रावण २०८०, आईतवार १२:१२

अर्जुनधारा । स्थानीय सरकारले बजार अनुगमन नगर्दा सर्वसाधारण जनताले मिसावट तथा अखाद्य वस्तु प्रयोग गर्नु पर्ने बाध्यता आएको भन्दै अर्जुनधाराका सचेत नागरिकहरुले आवाज उठाएका छन् ।

नगरपालिकाका उपप्रमुखको अगुवाईमा प्रहरी प्रशासन र सञ्चारकर्मीबिच बजार अनुगमन गर्ने नीति हुँदाहुँदै पनि वेवास्ता गर्नुले अखाद्य वस्तु र मिसावटको शिकार सर्वसाधारण भएको आरोप छ ।

अर्जुनधारा क्षेत्रमा ५ स्थानमा बजार लाग्ने गर्छ । उपप्रमुखले नभ्याए स्थानीय वडाले समेत आफ्नो क्षेत्रमा पर्ने बजार अनुगमन गर्ने नीति छ ।

बजारमा तेल, पेय पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा मिसावट रहेको गुनासो आइरहदापनि यस विषयमा स्थानीय सरकार मौन रहनु जनाताको स्वास्थ्यप्रति खेलवाड गर्नु हो ।

पसलमात्र होईन होटल तथा कलकारखानाको अनुगमन हुनुपर्ने माग रहेको छ ।