श्रावण २२ गते प्रदेश १ बन्द « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

श्रावण २२ गते प्रदेश १ बन्द


यलम्वर टाइम्स
२१ श्रावण २०८०, आईतवार १२:२८

बिर्तामोड । राज्य एकीकरणको नाममा त्यसबेलाका राजा पृथ्वीनारायण शाहले १८३१ साउन २२ गते लिम्बूवानी जनतालाई धोका दिएको भन्दै यही साउन २२ गते लिम्बूवानका ९ जिल्ला बन्दको घोषणा गरेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी लगायत ७ घटकले विज्ञप्ति प्रकाशित गर्दै २२ को लालमोहर सन्धि मार्फत लिम्बूवान राज्यलाई बृहत नेपालमा गाभियो ।

लिम्बूवान क्षेत्र छुट्टै रहने भनि मौखिक सम्झौता थुमथुममा भए तापनि एकीकरणको नाममा लिम्बूवानलाई नेपालभित्र लालमोहरमा लेखिएको हुँदा धोका दिएको भन्दै यही साउन २२ गते बन्दको घोषणा गरिएको जनाएका छन् ।

ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण पूर्व लिम्बूवान राज्य घोषणा नभएसम्म आन्दोलन जारी रहने पनि उल्लेख छ ।

नेपाल सरकार र संघीय लिम्बूवान राज्य परिषद् बीच भएको पाँच बुँदे सम्झौता र प्रदेश नं. १ को नाम कोशी खारेज गराउँनका लागि पनि साउन २२ गते १ दिन शान्तिपूर्ण लिम्बूवान बन्द कार्यक्रम गरिएको उल्लेख छ ।

बन्दमा एम्बुलेन्स, कुटनीतिक नियोगका गाडी, प्रेस, मलामी बोकेको गाडीलाई खुल्ला छोडिएको जानकारी गराएका छन् भने शैक्षिक संस्था, कलकारखाना, बजार, यातायात बन्द रहने जानकारी गराएका छन् ।