छ घटकद्वारा नेता थाम्सुहाङलाई निष्कासन « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

छ घटकद्वारा नेता थाम्सुहाङलाई निष्कासन


यलम्वर टाइम्स
२१ श्रावण २०८०, आईतवार १२:५१

धरान । राष्ट्रिय जनमुक्ति पार्टी सहितको ६ घटकमा आवद्ध प्रेमदिप थाम्सुहाङलाई निष्कासन गरिएको छ ।

६ घटकका संयोजक खड्गप्रसाद पालुङवाको हस्ताक्षर रहेको विज्ञप्तीमा नेता थाम्सुहाङलाई ६ घटकबाट निष्कासन गरिएको हो ।

नेता थाम्सुहाङ ६ घटकको कार्यक्रममा सहभागि नभएको, अन्यन्त्रै कुरा गर्दै हिडेको र छ घटकको नीति विपरीत कार्य गरेको हुँदा निस्कासन गरेको विज्ञप्तीमा उल्लेख छ ।

६ महिनाअघि बिर्तामोको अतिथि सदनमा ६ साना राजनीतिक दल बीच एकता भए पनि नेता थाम्सुहाङ कहिले दुर्गा प्रसाईको कार्यक्रममा सहभागि हुने र मन्तव्य राख्ने, कहिले आफू खुशी भनाई राख्दै आएको हुनाले निस्कासन गरिएको जनाइएको छ ।